
कृष्णसार अनलाइन । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका– ४ का २६ वर्षीय अजय थारू लाई कसुर ठहर गर्दै १२ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको मंसिर २४ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै १२ वर्ष कैद सजाय, पाँच लाख रुपियाँ जरिवाना, ७५ हजार रुपियाँ क्षतिपूर्ति फैसला गरेको जिल्ला अदालत श्रेस्तेदार कमल घलेले जानकारी दिनुभयो ।

आरोपितले पीडित बालिकालाई ०८२ असार ३२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १३ गते प्रहरीमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई साउन १३ गते पक्राउ गरेको थियो ।


