
कृष्णसार अनलाइन । माइती नेपालले जबरजस्ती करणीको घटनामा परेका एक सय ७२ जना बालिका तथा महिलालाई आवश्यक पर्ने परामर्श, स्वास्थ्य तथा कानुनी उपचारमा जान सहयोग र संरक्षण प्रदान गर्ने गरेको छ । ५ वर्षमा माइती नेपालले जबरजस्ती करणीको घटनामा परेका एक सय ७२ जना बालिका तथा महिलालाई आवश्यक पर्ने परामर्श, स्वास्थ्य तथा कानुनी उपचारमा जान सहयोग र संरक्षण प्रदान गर्ने गरेको हो ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण लागि सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै माइती नेपालकी प्रमुख गायत्री रिमालले जबरजस्ती करणी घटना परेको बालिका तथा महिलालाई माइती नेपालले आवश्यक परामर्श, स्वास्थ्य तथा कानुनी सहयोग प्रदान गरी संरक्षण प्रदान गर्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो , ‘ जबरजस्ती करणी परेका बालिका तथा महिलालाई माइती नेपालले सहयोग गर्दै आएको छ । जबरजस्ती करणीको घटना पीडित हुने मध्ये धेरै जस्तो बालिका रहेका छन् । सन् २०२५ मा १९ जना, सन् २०२४ मा ५४ जन, सन् २०२३ मा २५ जना, सन् २०२२ मा ३६ जना र सन् २०२१ मा ३६ जना बालिका तथा महिलालाई आवश्यक पर्ने परामर्श, स्वास्थ्य तथा कानुनी उपचारमा जान सहयोग र संरक्षण प्रदान गर्ने गरेको छ ।’
विगत लामो समयदेखि माइती नेपालले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको काम गर्दै आएको छ । यसबाहेक विभिन्न घटना परेका बालिका तथा महिला उद्धार, पारिवारिक पूनः मिलन, जोखिम पूर्ण यात्रा गर्नेलाई परामर्श र सरकारी निकायसँग हातेमालो गरेर काम गर्दै आएको छ ।


