bardiyahospital

जेन–जी आन्दोलनपछि घटे निकुञ्ज घुम्न आउने विदेशी पर्यटक

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । जेन–जी आन्दोलनले गर्दा बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने बिदेश पर्यटनमा कमी आएको छ । आन्दोलनपछि अग्रिम बुकिङ गरेका बिदेशी पर्यटनले बुकिङ रद्द गरेका कारण पर्यटकको संख्यामा कमी आएको हो ।

पर्यापर्यटनको दृष्टिकोणले बर्दिया निकुञ्ज महत्वपूर्ण मानिन्छ । निकुञ्जभित्र बाघ, गैँडा, हात्ती, अजिङ्गर, चित्तल मृग, बाह्रसिङे रतुवा सजिलै देख्न पाइन्छ । यसकारण पनि पर्यटकको रोजाइमा निकुञ्ज पर्दै आएको छ ।

cld

निकुञ्ज घुम्न आउने तयारी गरेका धेरै विदेशीले २३ र २४ भदौमा भएको आन्दोलनका कारण भन्दै अग्रिम बुकिङ रद्द गरेको वाईल्ड ट्रेल्स नेपालका सञ्चालक रामराज ढकालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘निकुञ्ज घुम्न आउने तयारीमा रहेका विदेशीले जेन–नी आन्दोलनले गर्दा तत्काल घुम्न नआउने भन्दै बुकिङ रद्द गरेका छन् । आन्दोलनको प्रभाव प्रत्यक्ष अप्रत्यक्ष रूपमा पर्यटन व्यवसायमा समेत परेको छ ।’

निकुञ्जमा आर्थिक वर्ष ०८२÷०८३ को मंसिरसम्ममा सार्क राष्ट्रबाट ३६२ जना र अन्य देशका तीन हजार ३६ पर्यटक घुम्न आएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले बताउनु भयो ।

वरिष्ठ प्रकृति पद प्रर्दशक राम शाहीका अनुसार निकुञ्ज घुम्न आउने पर्यटक बढिरहेका तर जेन–जी आन्दोलनले पर्यटक आगमन घटेको छ ।उहाँले भन्नुभयो,  ‘यसरी देशमा हुने उथलपुथलले पर्यटन व्यवसाय असर पर्ने गरेको छ । जसले पर्यटन व्यवसायमा लगानी गर्ने जोखिम व्यवसायीले लिन चाहिरहेका छैनन् ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.