
कृष्णसार अनलाइन । बर्दियाको मधुवन नगरपालिकामा भएको सडक दुर्घटना दुई जनाको मृत्यु भएको छ । शुक्रबार राती ९ बजे मधुवन नगरपालिका, ४ गमक्कामा भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।
सडक दुर्घटना परी मृत्युु हुनेमा ठाकुरबाबा नगरपालिका , ५ शाहीपुरको २१ वर्षीय सुशीलकुमार थारू र सोही ठाउँका २५ वर्षीय करण थारू रहेको जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रमुख प्रहरी निरीक्षक सन्दिप बेलबासेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हुलाकी सडक खण्डमा बा प्र ०१–०३२च ७५५३ नम्बरको इभी गाडी र भे ११ प १९२३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक र मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु हो ।’
इभी गाडी चालक बिक्रम बोहरालाई प्रहरी नियन्त्रणमा लिएर राखेको छ । मृतकको शव अहिले बर्दिया अस्पताल गुलरियामा राखिएको छ ।


