
कृष्णसार अनलाइन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियरलाई एक लाख ५० हजार घुस सहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका इन्जिनियर मोहन देव मल्ललाई एक लाख ५० हजार घुस सहित पक्राउ गरेको हो ।
मल्ल पालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर हुन । मल्लले वडा नं. ७ मा रहेको जनता माध्यामिक विद्यालय रम्भापुर ४ कोठे भवन निर्माण कार्यको अन्तिम बिल पास गराइदिने भन्दै सेवाग्राहीसँग रकम माग गरेको थिए । सोही अनुसार मल्लले सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले पक्राउ गरेको आयोगले जनाएको छ ।

स्रोतका अनुसार मल्लले अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारले पक्राउ गरेको हो । अख्तियारले मल्ललाई एक लाख ५० हजार रुपैयाँ नगद रकम सहित पालिकामा नै पक्राउ गरेको हो ।


