bardiyahospital

बर्दिया कारागारका ८० कैदीको स्वास्थ्य बिमा

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दिया कारागारमा रहेका ८० जना कैदीको स्वास्थ्य बिमा गरिएको छ। कारागारमा रहेका कैदीलाई स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले स्वास्थ्य बिमा गरिएको हो।

कारागार प्रशासक दीपेन्द्रबहादुर शाहीले दीर्घरोगी, अशक्त, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला तथा ५० वर्षभन्दा माथिका कैदीलाई प्राथमिकतामा राखेर स्वास्थ्य बिमा गरिएको बताउनु भयो ।

cld

१२५ जना क्षमता रहेको बर्दिया कारागारको पुरुष बन्दीगृहमा हाल २९१ जना कैदी र ९९ जना बन्दी रहेका छन्। त्यसैगरी, २५ जना क्षमता रहेको महिला बन्दीगृहमा ३६ जना कैदी, १० जना बन्दी तथा तीनजना आश्रित बालबालिका रहेका छन्।

स्वास्थ्य बिमा कार्यक्रमले विशेष गरी दीर्घरोगी तथा जोखिममा रहेका कैदीलाई उपचार सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.