bardiyahospital

सडक दुर्घटनाबाट पाँच वर्षमा १७० वन्यजन्तुको मृत्यु

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा पछिल्लो पाँच वर्षमा सडक दुर्घटनामा परेर १७० वन्यजन्तुले ज्यान गुमाएका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र भएका सडक दुर्घटनामा परेर १७० वन्यजन्तुले ज्यान गुमाएका हुन्।

निकुञ्ज भएर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारीसाधनको तीव्र गति र चालकको लापरबाहीका कारण बर्सेनि वन्यजन्तु सडक दुर्घटनामा पर्ने गरेका छन् । बढ्दो सडक दुर्घटनालाई रोकथाम गरी न्यूनीकरणका लागि बर्दिया राष्ट्रिय निकुञ्जले टाइम कार्ड प्रणाली लागू गरेको छ। निकुञ्जभित्र सवारीसाधनको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर कायम गरिएको छ। तर, चालकको असावधानीका कारण दुर्घटना पूर्ण रूपमा रोक्न सकिएको छैन। निकुञ्जको सुरक्षामा खटिएको जबरजंग गणले रम्मापुर रेन्जपोस्टदेखि सैनावर रेन्जपोस्टसम्म तथा अम्रेनी रेन्जपोस्टदेखि चिसापानी रेन्जपोस्टसम्म यात्रा गर्ने सवारीसाधनलाई टाइम कार्ड दिँदै आएको छ।

cld

निकुञ्जको तथ्यांकअनुसार आर्थिक वर्ष ०८२/८३ मा सडक दुर्घटनामा ३१ वटा वन्यजन्तुको मृत्यु भएको छ। जसमध्ये १४ चितल, पाँच लंगुर, दुई न्याउरी मुसा, दुई बाँदर, दुई नीर बिरालो, एक चितुवा, एक खरायो, एक मयुर, एक रतुवा, एक जरायो र एक जंगली बिरालो रहेका छन्। आर्थिक वर्ष ०८१/८२ मा सडक दुर्घटनामा २७ वटा वन्यजन्तुले ज्यान गुमाएका थिए। यस अवधिमा १६ चितल, दुई लंगुर, दुई बँदेल, दुई रतुवा, एक नीर बिरालो, एक जरायो, एक अजिंगर, एक स्याल र एक दुम्सीको मृत्यु भएको थियो।

यसैगरी आर्थिक वर्ष ०८०/८१ मा ३७ वटा वन्यजन्तुको मृत्यु भएको थियो। तीमध्ये २१ चितल, चार लंगुर, तीन बँदेल, दुई रतुवा, दुई दुम्सी, दुई कालो गोहोरो, एक जरायो, एक बाँदर र एक स्याल रहेको निकुञ्जले जनाएको छ। सडक दुर्घटनामा परेर आर्थिक वर्ष ०७९/८० मा ३० तथा आर्थिक वर्ष ०७८/७९ मा ४५ वटा वन्यजन्तुले ज्यान गुमाएका तथ्यांक छ।

बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी महेश न्यौपानेले सडक दुर्घटनाका कारण हुने वन्यजन्तुको मृत्युलाई रोक्न टाइम कार्डको अनिवार्य प्रयोग, स्पिडगन प्रयोग गरेर छड्के चेकजाँच, नेपाली सेना र निकुञ्जको कर्मचारीको संयुक्त गस्ती गर्ने गरेको बताउनु भयो । उहाँले , ‘सडक दुर्घटनाको कारण हुने वन्यजन्तुको मृत्यु रोक्न सवारीसाधन चाकललाई पनि सचेत बनाउन सचेतनामूलक काम पनि गर्दै आएका छौँ। कहिलेकाहीँ कुनै सवारीचालकले झुटो बोलेर जाने हुँदा क्रसचेक पनि गर्ने गरेका छौँ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.