
कृष्णसार अनलाइन । काठमाडौँ शङ्खमूल रहेको होस्टेलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकीको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
शंखमुलस्थित थ्याली ब्वाइज होस्टेलमा बस्दै आएका कालाथोकीको हत्याको घटनामा संलग्न रहेको आरोपमा बारा, कलैया उपमहानगरपालिका, ३ का १९ वर्षीय शेखर यादव, घटनापछि फरार रहेका १९ वर्षीय प्रमित पटेल, होस्टेल सञ्चालक महोत्तरीको लोहरपट्टी नगरपालिका, ६ का २३ वर्षीय आलोक ठाकुरलाई प्रहरीले पक्राउ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रहरी उपरीक्षक एवम्/ सूचना अधिकारी दानबहादुर थापाले जानकारी दिनुभयो ।

पटेललाई मकवानपुरको भैंसेबाट, र ठाकुरलाई भदौ ७ गते काठमाडौंको बुद्धनगरबाट पक्राउ पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई ज्यानसम्बन्धी कसूरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
कालाथोकीलाई भदौ ५ गते धारिलो हतियार चक्कु प्रहार गरी गम्भीर घाइते बनाइएको थिए । घाइते कालाथोकीलाई उपचारका लागि निजामती कर्मचारी अस्पताल, मीनभवन लगिएको थियो। उपचारकै क्रममा सोही दिन दिउँसो १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।


