
कृष्णसार अनलाइन । २२ वर्षीय छोरा वसन्त कालाथोकीको हत्या भएकै दिन दाङको घोराही उपमहानगरपालिका– १७ कि ३८ वर्षीया विना कालाथोकीले आत्महत्या गरेका छन् ।
शुक्रबार छोराको मृत्यु भएको खबर सुन्न साथ आमाले आत्महत्या गरेकी थिइन । मृतक कालाथोकी शनिबार दिउँसो घरमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डा. हेम बहादुर केसीले जानकारी दिनुभयो ।

कालाथोकीको छोराको हत्या काठमाडौँ शङ्खमूल रहेको भ्याली ब्वाइज होस्टेलमा शुक्रवार भएको थियो । हत्याको आरोपमा बारा कलैया उपमहानगरपालिका– ३ का १९ वर्षीय शेखर यादव र १९ वर्षकै प्रमित पटेललाई प्रहरीले पक्राउ गरेको छ । भने प्रहरीले होस्टेल सञ्चालक महोत्तरी लोहरपट्टी नगरपालिका, ६ का २३ वर्षीय आलोक ठाकुरलाई पनि पक्राउ गरेको छ ।
पक्राउ परेका तीनैजना विरुद्ध ज्यानसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । तीनैजना विरुद्ध जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिदिएको छ ।


