
कृष्णसार अनलाइन । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा परेर मृत्यु भएका एक ५७ जनाको शव फेला परेको छ।
त्यसैगरी बाढीमा परेर दुई सय ४५ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैभन्दा धेरै चितवनमा ६४ जनाको शव फेला परेको छ। यस्तै धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको शव फेला परेको छ।

प्राधिकरणले हालसम्म दुई सय ४५ जना बेपत्ता भएको विवरण प्राप्त भएको जनाएको छ । नेपाल प्रहरीका २६ जना , नेपाली सेनाका ४४ जना, सशस्त्र प्रहरीका १३ जना , रसुवाबाट एक सय ६१ जना र नुवाकोटबाट १ जना बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।


