
कृष्णसार अनलाइन । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको कसुरमा ४४ वर्षीय झम्कानाथ भट्टराईलाई १८ वर्ष कैद सजायको फैसला भएको छ ।
बर्दिया जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८२ वैशाख ११ गतेको इजलासले कसुर ठहर गर्दै १८ वर्ष कैद सजाय, ५० हजार रुपियाँ क्षतिपूर्ति र २२ हजार रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको अदालतको सूचना अधिकृत अमृता केसीले बताउनु भयो ।

पीडितलाई ०७६ असार २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १६ गते इलाका प्रहरी कार्यालय, मैनापोखरमा उजुरी दिएको थियो ।


