bardiyahospital

बर्दियामा सडक दुर्घटनामा भारतीय नागरिकको मृत्यु 

Geruwa GIF

कृष्णसार अनलाइन ।  बर्दियाको गुलरियामा भएको सडक दुर्घटनामा एक जना भारतीय नागरिकको  मृत्यु भएको छ ।  सडक दुर्घटनामा परी भारतको जिल्ला बहराइच ग्राम मिहिपुरवाका ६५ वर्षीय गुरमुख सिंहको मृत्यु भएको हो । 

रम्भापुर रजनहवा सडक खण्डको जिल्ला समन्वय समिति कार्यालय नजिक साढे २ बजे  सिंहले चलाएको भारतीय नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोकिएको थियो । दुर्घटना भए लगतै उपचारको लागि सिंहलाई अस्पताल लगिएको थियो ।  उपचारका क्रममा आइतबार दिउँसो सिंहको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  चक्र बहादुर डमरपालले बताउनु भयो ।  सिंहले  गुलरिया नगरपालिका –८ कोठिया गाउँमा पन्जाब डिजल वर्कसप सञ्चालन गर्दै थिए । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.