bardiyahospital

धर्तीको स्वर्ग मेरो देश

कविता

Geruwa GIF

अधिवक्ता सोम खड्का 

 

 हिमालयले अति प्यारो गरी काखमा राखेर 

cld

छानो दिएको 

पहाडले सुन्दरता र तराईले उर्वरता दिएको  

प्रकृतिले अनुपम सुन्दरता दिएर सिँगारेको र सजाएको

 धर्तीको स्वर्ग मेरो देश । 

 

यही देशमा बस्ने

हामी आदरणीय मानवज्यूहरूको 

मानसिकता भने

 सँधै आक्रान्त छ, रुग्ण र अशान्त छ ।

 

 कति सुन्दर, रमणीय र शान्त थियो होला हगि 

सृष्टिको स्वर्णीम उषाकालको समयतिर यहाँ 

त्यसैले त त्यतिबेला यहाँ 

थुप्रै ज्ञानीहरू जन्मिए 

ध्यानीहरू जन्मिए 

र गौतम बुद्ध र जानकीहरू जन्मिए । 

 

हुँदै जाँदा कसैको गिद्धे नजर वा दुष्ट 

आँखा लाग्यो यहाँ जरुर 

त्यसैले त यो देशले इतिहासका थुप्रै काल खण्डमा

वैरीहरूको सामना गर्नु पर्यौ

तर, सामनाको प्रतिफल प्राप्त भयो 

र त यो देश वीर गोरखालीको देश भनेर चिनियो । 

 

देशमा अमन चयन, शान्ति, सुरक्षा र सुशासनको लागी भनेर

 स्वतन्त्रता, मानवअधिकार र समानताको लागी भनेर 

 शोषण, दमन, अन्याय, अत्याचार र थुप्रै 

खाले वर्ग विभेदको विरुद्धमा भनेर र गरी 

खाने वर्गहरूको जनजिविकाको ग्यारेण्टीका लागी भनेर 

 यो देशमा थुप्रै आन्दोलनहरू भए 

परिवर्तनहरू भए, 

व्यवस्था फेरिए

 शासक फेरिए र सरकारहरू फेरिए 

अर्थात, जनताले एक पछि अर्को सीमित अधिकार पछि

 अझ थप अधिकार र स्वतन्त्रता प्राप्ति गर्दै गए र 

देशमा जनताका प्रतिनिधिहरूले संविधान सभाबाट 

यो देश नेपालको संविधान निर्माण गरेर जारी गरे । 

 

जनताले मध्ययुगीन जर्जरताको जाँतोमा पिसिनबाट

मुक्ति पाए र लोकतन्त्र पाए, 

लोकतान्त्रिक गणतन्त्र भन्ने शासन ब्यवस्था पाए ।

 

 दश वर्षे जनयुद्ध भोगेको मेरो देशले

महाभुकम्प भोग्यो 

विश्व भरिकै हाहाकार सँगै कोरोना भोग्यो 

भूपरिवेष्‍टित मेरो देशले नाकाबन्दी पनि भोग्यो । 

 

तर यतिबेला

देशले स्थिर दिगो र कार्यकाल पुरा गर्न पाउने गरी 

स्थायी सरकार पाएन 

जनताका प्रतिनिधि राजनीतिक दलहरू

सत्ता टिकाउने जोड घटाउको हिसाबमै 

तल्लीन भए, यति भएर पनि 

देशका गरी खाने वर्गहरू

 विदेश गई कुल्ली, दरबान र वेटर गर्नेहरू 

देश भित्र मजदुरी र भरिया गर्नेहरू 

र ज्ञान, सिप, श्रम र समयको लगानी सँग पैसा साटेर 

जिविका चलाउनेहरुले सोचेका थिए 

अब त देशमा शान्ति भयो 

दुखै गरेर घर देखि टाढा बसेर भए पनि 

 पसिना बगाएर कमाएको धनले 

एक दिन त घरमा गएर शान्तिसँग 

आफ्ना परिवार सँगसँगै बसेर

 मीठो मुख सँग जाउलो खाउँला । 

 

तर, अहँ, 

यहाँ मेरो विगत अबोध बाल्यकाल जस्तै, 

बाख्रा चराउन बाद्य, र वालश्रम गर्न वाद्य 

गरीवका छोरा छोरीको मानवाधिकार को कुरा उठदैन ! 

 

उनीहरुलाई शिक्षा, स्वास्थ्य कुरा उठ्दैन 

मानविय संसाधन विदेसिनु नपरोस भन्ने रोजगारीको कुरा उठदैन ।

 अर्थात 

चाहिएन रे लोकतन्त्र नै ! 

 

अब त,

 जनताकै घरहरु पनि भत्काउन पो पाइनु पर्ने रे ! 

तोडफोड, लुटपाट र हत्या हिँसा 

आतंक, भय र डर त्रास 

 हाहाकार र चित्कार अनि अशान्तिको आँधि वेहरी पो ल्याइने रे ! 

 

यो सब देखेर रोइ रहेको 

मेरो देशलाई 

उलिनकाठमा राखेर 

चहुई चहुई बनाउँदै 

शंख ध्वनीका साथ 

बोकेर दौडाइँदै छ । 

उफ, मेरो देश ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.