Division forest_Ads
Barista_Training

बर्दियामा वालविवाह बढ्दै, अभियान देखिएन प्रभावकारी

बालविवाह न्यूनिकरणकाे अभियानमा लगानी कराेडाैँ, उपलब्धी शून्य

Geruwa GIF

प्रकाश पाैडेल, गुलरिया । बर्दियामा बालविवाह गर्नेको संख्या बढ्दै गएको छ । बालविवाह न्यूनिकरणका लागि सरकारी र गैर सरकारी संघ/संस्थाहरुले खर्च गरेको बजेट हेर्ने हो भने उपलब्धी बालुवा पानी जस्तै भएको मान्न सकिन्छ ।

बालविवाह न्यनिकरणका लागि सरकारी निकाय र गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । तर स्वास्थ्य कार्यालय बर्दियाको पछिल्लो तीन बर्षको तथ्यांक हेर्दा बालविवाह न्यूनिकरणमा खासै सुधार आएको देखिदैन ।

स्वास्थ्य कार्यालय बर्दियाको तथ्यांक अनुसार आर्थिक बर्ष २०७९।०८० को बैशाखसम्म २० बर्ष भन्दा मुनिका पाँच सय २२ जना सुत्केरी भएका छन् । त्यसैगरी सात सय ५४ जनाले पहिलो पटक गर्भवती जाँच गराएका छन् भने ५१ जनाले सुरक्षित गर्भपतन गराएको तथ्यांक छ ।

आर्थिक बर्ष २०७८।०७९ को तथ्यांक अनुसार २० बर्ष कम उमेरका एक हजार सात जनाले पहिलो गर्भवती जाँच गराएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

आर्थिक बर्ष २०७७।०७८ को तथ्यांक अनुसार २० बर्ष कम उमेरका एक हजार एक सय २६ जना गर्भवती जाँच गराएको स्वास्थ्य कार्यालय बर्दिया जनाएको छ । स्वास्थय कार्यालय बर्दियाका सूचना अधिकारी जनस्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीले तथ्यांकमा बर्दिया जिल्लाका सरकारी स्वास्थ्य संस्थामा जाँच गराएका मात्रको रहेको बताउँदै निजी तथा नेपालगञ्ज, कोहलपुर र बाहिर जाँच गराउनेको पनि तथ्यांक बढ्ने बताउनु हुन्छ ।

स्वास्थ्य कार्यालयको यो तथ्यांकलाई केलाउँदा वालविवाह न्यूनिकरणका लागि यहाँका विभिन्न सामाजिक संघसंस्था र सरकारी निकायले विभिन्न क्षेत्रमा करोडौँ लगानी गरेर अभियान सञ्चालन गरेका भएपनि उनीहरुले गर्ने लगानी लक्षितसम्म पुग्न नसकेको प्रष्ट देखिन्छ ।

याे पनि पढ्नुहाेस्

बढैयातालमा कार्यविधि विना नै बालबिवाह विरुद्धको अभियान
Basgadhi PSA_final
गैरसरकारी संस्थाको भरमा कार्यक्रम : पालिका बेखबर

https://krishnasaronline.com/1882/

बालविवाहलाई कानुनले अपराध मानेको छ । मुलुकी अपराध संहिता २०७४ ले २० बर्ष नपुगी विवाह गर्न नपाउने भनी ऐनमा उल्लेख गरेको छ । ऐनको विपरित कसैले विवाह गरे त्यो विवाह स्वतः खारेज हुने व्यवस्था ऐनमा रहेको छ । यसरी कानुन विपरित विवाह गर्ने र गराउनलेलाई कानुन बमोजिम कारबाही हुने व्यवस्था रहेको छ । तर पनि अशिक्षा, सामाजिक परम्परा, प्रविधिको दुरुपयोग, सामाजिक सञ्जालको प्रभाव, तथा मोवाइल फोनको प्रयोग, कानुनी ज्ञानको अभाव जस्ता कारणले बालबालिकाले पढ्ने उमेरमा नै विवाह गरी हिँड्ने गरेका छन् ।

बारबर्दियाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले प्रत्येक बर्ष जसो पढ्दा पढ्दै १५/२० जना बालबालिकाहरुले विद्यालय छोड्ने गरेका र विद्यालय छोडेका मध्ये अधिकांशले वालविवाह गर्ने गरेको बताउनु भयो । जुन घरका अभिभावक कमाउन भारत वा बाहिर जाने गर्नुृ भएको छ बढीजसो त्यही घरका बालबालिकाले विवाह गर्ने गरेको प्रधानाध्यपकको भनाई छ ।

उहाँले संघ/संस्थामा लागेर बालविवाह न्यूनिकरण अभियानमा जोडिएका कतिपय बालबालिहरुले नै बालविवाह गर्ने गरेको बताउँदै बालविवाह न्युनिकरणका लागि भएको कार्यक्रमले खासै राम्रो नतिजा ल्याउन नसकेको दावी गर्नुभयो ।

बारबर्दिया नगरपालिकाका शिक्षा शाखा,युवा तथा खेलकुद शाखा प्रमुख टिकानाथ गोसाईले पालिका संघ/सस्थाले बालविाह न्युनिकरणको लागि थुपो बजेट खर्च गर्दै आएको बताउनु हुन्छ । उहाँ अहिले पनि विद्यालय छोडेर विवाह गर्नेहरु संख्यामा खासै फरक नभएको बताउनु हुन्छ । जुन परिणाममा बालविवाह न्युनिकरणको नतिजा देखिनु पर्ने हो त्यो नदेखिएको प्रमुख गोसाईको भनाई छ ।

बालविवाह नियन्त्रणका लागि बर्दियामा सामाजिक सचेतना सरोकार मञ्च, बाँके युनेस्को क्लब, थारु उत्थान महिला केन्द्र, भेरी वातावरणीय बिशिष्टता समूह (बि ग्रुप) गुड नेभर इन्टरनेशनल लगायतका अन्य केही संघसंस्थाले कार्यक्रम गर्दै आएका छन् । भेरी वातावरणीय विभिष्टता समूह (बि ग्रुप) का कार्यकारी निर्देशक डम्बर सुनारले आफूहरुले यस क्षेत्रमा भर्खर मात्र कार्यक्रम शुरु गरेको हुँदा कार्यक्रमको अपेक्षित उपलब्धी तत्कालै नदेखिएको भएपनि तोकिएको समयसम्मा समग्रमा उपलब्धी देखिने बताउनु भयो । एउटा व्यक्ति, एउटा निकाय वा कुनै संघसंस्थाले मात्र गरेर वालविवाह न्यूनिकरण नहुने बताउँदै यसलाई सबैले चासोको रुपमा लिएर कानूनी र स्वास्थ्य दुवैको पाटोबाट अगाडी बढाउनु पर्नेमा उहाँले जोडदिनु भयो ।

बालविवाह सम्बन्धी उजुरीहरु कम हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले २०७६/०७७ मा १, २०७८/०७९ मा १ र २०७९/०८० मा १ गरेर जम्मा ३ वटा बालविवाहको मुद्दा दर्ता भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हिम्मतकुमार बोहाराले समाजले बालविवाहलाई अपराधको रुपमा बुझ्न नसक्दा बालविवाह नियन्त्रणमा समस्या परेको बताउनु भयो । उहाँले अन्तरजातीय विवाह भएमा, धनी गरिब भएमा र धर्म फरक परेमा मात्र प्रहरीमा बालविवाह भनेर उजुरी आउने गरेको बताउनु भयो । बालविवाह हुने गरेको भएपनि लुकाउने प्रचलन भएकोले बालविवाहका धेरै घटना बाहिर आउन नसकेको प्रहरी नायव उपरिक्षक बोहराको भनाई छ ।

Leave A Reply

Your email address will not be published.